Advertisement
SKIP THIS
लकडाउनमा ‘लाइभ स्ट्रिमिङ’ गर्दै विवाह

चीन : विश्वभरी कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएपछि अधिकांश कार्यक्रमहरू सार्नुपरेको छ । भाइरसकै कारण थुप्रै विवाहका कार्यक्रम पनि सारिएका छन् । तर, चीनको एक जोडीले आफ्नो विवाह अविष्मरणीय बनाएका छन् ।

जोडीले सामाजिक संजालमा उपलब्ध ‘भिडियो सेयरिङ प्लेटफर्म’ को उपयोग गर्दै आफ्नो विवाह ‘लाइभ स्ट्रिमिङ’ गरेका हुन् । जुन भिडियो ३० लाखभन्दा बढीले हेरेका छन् ।

परिवार र साथीभाइ टाढा
लियू बेसायोले सुन हांझियोसँग लाखौँ वेब प्रयोगकर्ताहरूका माझमा विवाह गरेका हुन् । उनीहरूको परिवार, आफन्त तथा साथीहरू विवाहमा उपस्थित हुन नसक्ने भएपछि उनीहरू ‘लाइभ स्ट्रिमिङ’ गर्ने निर्णय गरेका हुन् ।

लियोले भनेका छन् ‘कोरोना भाइरस यसरी फैलिएला भन्ने लागेको थिएन । त्यसैले हामीले विवाहको मिति हामीले सारेनौँ । अन्ततः उही समयमा गर्यौँ ।’

हेर्दा हेर्दै ट्रेन्डिङमा

लियु गणित विषयका शिक्षक हुन् । देशमा लकडाउन भए पनि उनले आफ्नो साइटमा तोकिएकै मितिमा विवाह गर्ने निर्णय गरेको कुरा उल्लेख गरेका थिए । उनका १ लाख बढी फलोअर्स छन् । उनका विद्यार्थीहरूले विवाहको कुरा थाहा पाएपछि भिडियोमार्फत विवाह हेरेका थिए । धेरै जसो दर्शक उनका विद्यार्थी नै थिए ।

एक घण्टे वैवाहिक कार्यक्रममा दुबैजनाले परम्परागत पहिरन लगाइ एक अर्कालाई औंठी साटासाट गरेका थिए। हेर्दा हेर्दै भिडियो ट्रेन्डमा आयो। ४ दिनमा उक्त भिडियोलाई ३० लाख बढीले हेरिसकेका छन् । अनुवाद : इन्द्र चौधरी

तपाईको प्रतिक्रिया