Advertisement
SKIP THIS
अछाम सदरमुकाममा जबर्जस्ती करणी गरेको आरोपमा ३ जना प्रकाउ

अछाम:अछाममा जबर्जस्ती करणी गरेको भन्दै ३ जना प्रहरी नियन्त्रणमा पुगेका छन।सोमबार राति जिल्ला सदरमुकाम मंगलसेनमा रहेको एक होटलमा कार्यरत एक किशोरी कर्मचारीलाई जबर्जस्ती गरेको भन्दै ३ जना प्रहरी नियन्त्रणमा पुगेका हुन।

अन्दाजी १६/१७ बर्षकि किशोरीलाई होटलको कोठामा सामाग्री दिन गएका बेला छोपेर जबर्जस्ती गरेको भन्दै नियन्त्रणमा लिईएको हो।उप्त किशोरी सो होटलमा केही दिन अघि देखि मात्रै काम गर्न थालेकी थिईन।

घटनाको बारेमा जाहेरी आएपछि घटना सार्वजनिक गर्ने अछाम प्रहरीले जनाएको छ। किशोरीको जिल्ला अस्पताल स्वास्थ्य परिक्षण गरि आपतकालीन आवास गृहमा राखिएको छ।

तपाईको प्रतिक्रिया