अछाम:एकीकरण पछि बनेको नेपाली कम्युनिस्ट पार्टी अछामको जिल्ला कमिटी ४ सय ४३ सदस्यीय बनेको छ।
आईतवार जिल्ला सदरमुकाम मंगलसैनमा सुदूरपश्चिम ईन्चार्ज भानुभक्त जोशिले जिल्ला कमिटीका पदाधिकारी र सदस्यलाई सपथ खुवाएका थिए ।
पार्टीको जिल्ला संयोजक प्रकाश शाह, सह-संयोजक पहल साउद र नवराज साउद रहेका छन।यस्तै बैंठकले १० वटै पालिकामा ईन्चार्ज र संयोजक समेत चयन गरेको छ।










