अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिकाले बिदेश गई फर्केका हरुलाई पालिकाबाटै पुनःश्रम स्वकृति दिन थालेको छ।बुधबार गाउँपालिका वडा नं ६ दर्ना पाटेखेतका बिनोद थापालाई गाउँपालिका अध्यक्ष टेक बहादुर साउदले पहिलो श्रम स्वकृति दिई औंपचारिक रुपमा सेवा सुरु गरिएको रोजगारी शाखा प्रमुख गणेश सुनारले बताए ।थापा मलेसिया गई नेपाल फर्किएका थिए
अब रोजगारीमा लागि बिभिन्न देश गएका बान्नीगढी जयगढ गाउँपालिका भित्रका नागरिकहरुले घर फर्किएका बेला पुन सोही कम्पनी जान पालिकै बाट श्रम स्वकृति लिन सकिने रोजगार संयोजक गणेश सुनारले बनाए।
बिदेश गएका कामदारहरुले छुट्टिमा घर आएपछि पहिलेकै देशमा जान पुनः पुनःश्रम स्वकृति लिनुपर्ने हुन्छ ।बिगतमा काठमाडौ र त्यसपछि प्रदेश राजधानीबाट पुनःश्रम स्वकृति लिने ब्यावस्था भएपनि अहिले आफू बसेमै स्थानीय तहबाट पुनःश्रम स्वकृति लिन सकिन्छ।










