अछाम:अछाममा लागूऔषध (खैरो हिरोइन) मुद्दामा जिल्ला अदालत अछामको मिति २०८१ फागुन ११ गतेको फैसलाअनुसार ९ दिन कैद सजाय तोकिएका मंगलसेन नगरपालिका–३ निवासी ३५ वर्षीय नृपबहादुर बोगटी पक्राउ परेका छन्।
प्रहरी चौकी मंगलसेनबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार मंगलसेन नगरपालिका–५ स्थित मंगलसेन बजार क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।










