अछाम: सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अछाम जिल्ला खेलकुद समितिको अध्यक्षमा गोकुल बहादुर शाहलाई मनोनयन गरेको छ।
सामाजिक विकास मन्त्रालय अन्तर्गतको परिषद्ले खेलकुद नियमावली २०७९ अनुसार बुधबार शाहलाई ४ वर्षका लागि जिल्ला खेलकुद बिकास समिति अछामको अध्यक्षमा नियुक्त गरेको हो।
मेल्लेख गाउँपालिका ४ का स्थायी बासिन्दा शाह अछाम जिल्ला जिल्लामा खेलकुद सहित सामाजिक कार्यमा सक्रिय रहेका छन।










