अछाम: धनगढीबाट अछाम आउँदै गरेको ईभी डोटीमा दुर्घटना भएको छ। शनिबार बिहान जिल्लाको दिपायल सिलगढी नगरपालिका ५ चिसापानी करिव साढे ४ बजेतिर सु.प.प्र. ०२ ००१ ज ०२३९ न को ईभी दुर्घटना भएको हो। ईभीमा सवार १५ जनामध्ये ४ जना घाइते भएका छन्। घाइतेहरूको शैलेश्वरी अस्पताल पिपल्ला, डोटीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
प्रहरीका अनुसार घाइते हुनेमा डोटी पूर्वीचौकी गाउँपालिका–५ नुवाघरकी ५१ वर्षीया अमृता साउँद (छातीमा चोट, अवस्था मध्यम), सोही स्थानका २६ वर्षीय प्रकाश साउँद (घुँडामा चोट, अवस्था सामान्य), अछाम चौरपाटी गाउँपालिका–६ दुनीकी २५ वर्षीया कला साउँद (हात र ढाडमा चोट, अवस्था मध्यम) र चौरपाटी–१ बयालीकी १९ वर्षीया कमला थापा (टाउकोमा चोट, अवस्था सामान्य) रहेका छन्।
हाइस चालक अछामको चौरपाटी गाउँपालिका–१ सिउडी निवासी अन्दाजी ४५ वर्षीय शंकर शाह रहेका छन्।









