अछाम:बयालपाटा प्रादेशिक अस्पताल मा MLP (Mid-Level Practitioner) तालिम कार्यक्रम उद्घाटन गरिएको छ। Nick Simons Institute र सुदूरपश्चिम प्रदेश स्वास्थ्य तालीम केन्द्रको सहकार्यमा सञ्चालन तालिम सञ्चालन भएको हो।स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यसहित तालिम आयोजना गरिएको अस्पतालका निर्देशक डा.मन्दिप पाठकले बताए ।
तालिममा दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बाजुरा र अछाम जिल्लाका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ। कार्यक्रमको सञ्चालन MLP संयोजक महेन्द्र कुवँरले गरेका थिए भने स्वागत मन्तव्य जनरल सर्जन डा. सरोज ढुंगानाले गरेका थिए ।
तालिमको उद्देश्यबारे डा.धर्म जोशीले जानकारी गराएका थिए भने नियम तथा निर्देशनबारे अस्पताल व्यवस्थापक प्रकाश खड्काले प्रष्ट पारेका थिए ।उक्त तालिम दुई महिनासम्म सञ्चालन हुने जनाइएको छ। स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो।









