Advertisement
SKIP THIS
अछामको मेल्लेखमा बाघको आतंक: एकै रात २ सय कुखुरा सखाप

अछाम:अछाममा बाघले बोइलर कुखुराको फर्ममा ठुलो क्षति गरेको छ।गएराति जिल्लाको मेल्लेख गाउँपालिका ३ ठाटी बगुडामा रहेको राजेश्वरी कुखुरा फर्ममा बाघको आक्रमणबाट २ सय कुरा मरेका छन् ।

रातिको समयमा स्थानीय दिपेन्द्र शाहले सञ्चालन गरेको कुखुरा फर्ममा बाघ पसरे बजारमा पठाउन ठिक्क तयार गरेका करिब ३ देखि ४ केजि सम्मका २ सय बढी बोईलर कुखुरा मारिदिएको स्थानीय नरेन्द्र शाहले बताएका छन।

बजार पठाउन ठिक्क तयार अवस्थामा रहेका ३ देखि ४ केजी तौलका कुखुरा नष्ट हुँदा किसानलाई ठूलो आर्थिक नोक्सानी पुगेको छ।

तपाईको प्रतिक्रिया