Advertisement
SKIP THIS
बयालपाटा अस्पताललाई रोटरी क्लवद्वारा वासिङ मेसिन सहयोग

अछाम: रोटरी क्लब ग्रिनल्याण्डले अछामस्थित बयालपाटा प्रादेशिक अस्पताललाई एक थान वासिङ मेसिन सहयोग स्वरूप उपलब्ध गराएको छ। अस्पतालको शल्यक्रिया विभाग (अपरेशन युनिट) का लागि अत्यावश्यक रहेको उक्त वासिङ मेसिन हस्तान्तरण गरिएको हो।

न्याय हेल्थ नेपालका बोर्ड सदस्य डा. सन्दिप भण्डारीको सहकार्यमा रोटरी क्लब ग्रिनल्याण्डमार्फत उक्त वासिङ मेसिन बयालपाटा प्रादेशिक अस्पताललाई प्रदान गरिएको हो।

बयालपाटा प्रादेशिक अस्पतालका कार्यकारी निर्देशक डा. मन्दिप पाठकका अनुसार यसअघि शल्यक्रिया विभागमा वासिङ मेसिन (लुगा धुने उपकरण) अभाव हुँदा विभिन्न किसिमका समस्या भोग्नुपरेको थियो। रोटरी क्लब ग्रिनल्याण्डबाट मेसिन प्राप्त भएसँगै अब काम गर्न सहजता आएको उनले बताए।

डा. पाठकले वासिङ मेसिनको प्रयोगले आगामी दिनमा विभागीय कामलाई थप प्रभावकारी बनाउने, सेवा प्रवाहलाई छिटो, छरितो र गुणस्तरीय बनाउने तथा बिरामीहरूलाई थप सेवा दिन सहज हुने विश्वास व्यक्त गरे

तपाईको प्रतिक्रिया