अछाम :अछाम जिल्लामा टेलिफोन र ईन्टरनेट समस्या बारे रास्वपा सासंद एक्सनमा उत्रिएका छन् ।
अछाम जिल्लाबाट समानुपातिक सासंद बनेकी ज्वाला संगौला र टीका थापाले मंगलबार नेपाल टेलिकमका प्रबन्ध निर्देशक रीना डंगोललाई ध्यानाकर्षण पत्र बुझाएकी हुन।
सासंद दोय संगौला र थापाले नेतृत्वको टोलीले अछाम जिल्लाका धेरै ठाउमा आजपनी फोन सम्पर्क हुन नसक्ने अवस्था रहेको र सबै दुर्गम बस्तीमा नेटवर्क बिस्तार गरि अछामी जनतालाई सन्चार सङ्ग जोड्नपर्ने भन्दै ७ बुदे ध्यानाकर्षण पत्र बुझाएको छ।
यस्तो छ ध्यानाकर्षणमा उल्लेख गरिएका बुदा
१. अछाम जिल्लाका नेटवर्कविहीन तथा कमजोर क्षेत्रहरूको तत्काल प्राविधिक सर्वेक्षण गर्ने।
२. दुर्गम बस्तीहरूमा नयाँ BTS टावर स्थापना गरी 4G सेवा विस्तार गर्ने।
३.गुणस्तरीय प्रविधिको प्रयोग गरी व्यापक कभरेज सुनिश्चित गर्ने।
४. सोलार ऊर्जा तथा ब्याट्री ब्याकअपमार्फत टावर सञ्चालनको दिगोपन सुनिश्चित गर्ने।
५. फाइबरनेट लिंकमार्फत स्थिर कनेक्टिभिटी विस्तार गर्ने।
६. चलिरहेका टावरहरुको अवस्था अध्ययन गरि क्षमताबृद्दी गर्ने
७. नेपाल दूरसञ्चार प्राधिकरण तथा सेवा प्रदायक संस्थाहरूसङ्ग समन्वय गरी आवश्यक सहजीकरण गर्ने।










