Advertisement
SKIP THIS
एमालेबाट नगरपालिकाको उपप्रमुखमा हारेकी चन्द खप्तड विकास समितिको अध्यक्ष बनिन्

कैलाली:खप्तड विकास समितिको अध्यक्षमा जमुना कुमारी चन्द नियुक्त भएकी छन्।

आज बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले जयपृथ्वी सिंह नगरपालिका-१० की चन्दलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

जयपृथ्वी सिंह नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेबाट उम्मेदवार बनेर पराजित चन्दलाई सरकारले अध्यक्ष पदमा नियुक्त गरेको हो।

त्यस्तै सदस्यमा बाजुराका मीनबहादुर शाही, डोटीकी मयादेवी कुँवर र बझाङका गोकुलदेवी सिंह नियुक्त भएका छन्।

तपाईको प्रतिक्रिया