अछाम:
हार्दिक अपिल
”आजको आवश्यकता बृहत्तर एकता
सुध्रिने र सच्चिने स्पष्ट प्रतिबद्धता”
आदरणीय महाधिवेशन प्रतिनिधि तथा प्रिय कांग्रेसजनहरू,
फागुन २१ को निर्वाचनमा सबै एकजुट भएर होमिनु पर्ने वेला विशेष महाधिवेशन कि नियमित महाधिवेशन भनेर पार्टीमा विवाद खडा हुनु सारै दुखद पक्ष हो। यो कठिन समयमा कांग्रेस लाइ छिन्नभिन्न, टुटफुट र छियाछिया पारेर कांग्रेसको मुल आत्म माथि प्रहार गरेर कसलाइ फाइदा पुग्दैछ? कांग्रेसलाइ माया गर्ने शुभचिन्तक, समर्थक र सम्पुर्ण पार्टी सदस्यहरुले गम्भिर भएर सोचौ।
यतिबेला कांग्रेसलाइ विभाजन वाट कुनैपनि हालतमा रोक्नु हामि सबैको साझा दायित्व हो।
पक्कै पनि जनताको भावना र युवाको आक्रोशलाई आत्मसाथ गर्दै यो विषम परिस्थितिमा हिजोको कमजोरीलाई समीक्षा गरी फेरि कहिल्यै गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्दै हातमा हात, काँधमा काँध मिलाएर व्यक्तिगत महत्वकांक्षा र स्वार्थभन्दा माथि उठेर साझा भावनाका साथ नेपाली काङ्ग्रेसलाइ यो सङ्कट को घडीमा पार्टीलाइ जोगाउन, आपसमा फुटेर होइन, हामी एकजुट भएर हिड्नुपर्ने बेला आएको छ।
अहिले एकअर्कालाई हिलो छ्याप्ने, आपसमा लड्ने, भिड्ने, समय पनि होइन, आपसी मतभेद लाई बिर्सेर एकजुट हुने समय हो। राजनीतिमा आउने हरेक आरोह, अवरोह, चुनौती लाई पन्छाएर लोकतन्त्र, र नागरिकको नैसर्गिक अधिकार रक्षाको लागि एकमत भयर अगाडि बढनु आजको दिनमा हामि सबैको साझा कर्तव्य र दायित्व हो ।
जतिसुकै कष्ट र संकटपूर्ण बाटो भए पनि धैर्यता र संयमता पूर्वक नबहकिएर, गम्भिरता र जिम्मेवारीपूर्ण ढंगले नेपाली काङ्ग्रेसमा ब्यापक सुधार र आमुल रुपान्तरण गर्दै आगामि निर्वाचनमा हामि सबै एकताबद्ध भएर अगाडि बढ्नुनै आजको मुख्य आवश्यकता हो। जय नेपाल









