अछाम :अछामको बान्नीगढी जयगढ गाउँपालिकाका आगलागी पिडितलाई राहत रकम घोषणाका लागि हतार गरेका अछामका स्थानीय सरकारले पैसा भने हालसम्म दिएका छैन ।
घोषणा गरेको करिब २ महिना हुदाँ समेत पञ्चदेवल बिनायक नगरपालिकाले १ लाख साँफेबगर नगरपालिकाले १ लाख बढी, चौरपाटी गाउँपालिका १ लाख र मेल्लेख गाउँपालिकाले १ लाख घोषणा गरेको हालसम्म पनि गाउँपालिकाको खातामा पैसा नहालेका हुन।
हालसम्म घोषणा गर्नेमा रामारोशन गाउँपालिका ले १लाख ५१ हजार मंगलसेन नगरपालिका १५० हजार गाउँपालिका बिपत्त ब्यावस्थापनको खातामा जम्मा गरिसकेका छन।