अछाम:अछामको चौरपाटी गाउँपालिकाले लक्ष्यको २६ प्रतिशत मात्रै आन्तरिक आम्दानी गरेको छ। आर्थिक बर्ष २०८१/०८२ को अन्तिम १ महिना बाकि रहदा समेत आन्तरिक आम्दानी २६ प्रतिशत मात्रै संकलन गर्न सकेको हो।
गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को आर्थिक प्रदिबेदन सार्वजनिक गर्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाले बताए ।
आर्थिक बर्ष २०८१/०८२ मा १ करोड ३५ लाख ९५ हजार प्रस्तावित गरेकोमा ३५ लाख ३३ हजार ६ सय ९५ मात्रै आम्दानी गरेको हो।