अछाम:अछामको तुर्माखाद गाउँपालिकामा भएको दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी बान्नीगढी जयगढ गाउँपालिकाले जितेको छ ।जेठ २ गतेदेखि सुरु भई ६ गते सम्पन्न भएको खेलको अन्तिम खेलमा कन्चनपुरको भिमदत्त नगरपालिकाको टिमलाई एक तीन सेटमा हराउदै प्रथम भएको हो। खेलमा भीमदत्तनगर कञ्चनपुर दोश्रो स्थान र आयोजक तुर्माखाद गाउँपालिका तेस्रो भएका छन।
प्रथम भएको बान्निगढी जयगढले दुई लाख एक हजार १११ रुपियाँ पुरस्कार प्राप्त गरेको छ । दोस्रो हुने भिमदत्तनगर कञ्चनपुरले एक लाख एक हजार १११ रुपियाँ र तेस्रो तुर्माखाद अछामले ५१ हजार रुपियाँ पुरस्कार प्राप्त गरेको छ।
खेलमा नेपाली सेना गोरख बक्स गण अछामका विजय गोलेलाई सर्वोत्कृष्ट खेलाडीको पुरस्कार दिइएको हो । खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका बान्निगढी जयगढका खेलाडी बसन्त कठायत, सोही टिमका हिक्मत साउद, सुनिल ठकुल्ला र भिमदत्तका जित डङ्गोलले उत्कृष्ट खेलाडीको उपाधी पाएका थिए ।
बान्नीगढी जयगढ गाउँपालिका कमल कठायतलाई अनुशाषित खेलाडीको उपाधी दिइएको हो । समापन समारोहमा सुदूरपस्चिम प्रदेश सभाका पूर्व सदस्य कुन्ती जोशी र जिल्ला समन्वय समिति अछामका प्रमुख ललित कुँवरले खेलाडीलाई मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए










