अछाम:अछामको चौरपाटी गाउँपालिकामा प्रथम जिल्ला स्तरीय अध्यक्ष कप पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ। बैशाख २३ गतेसम्म २७ गतेसम्म गाउँपालिकाको केन्द्रमा रहेको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने गाउँपालिका अध्यक्ष भिम बहादुर साउदले बताए ।
चौरपाटी गाउँपालिकामा रहेका किर्केट खेलाडीहरुको पहिचान गरि किर्केट खेलाडी उत्पादनमा यो खेलले महत्त्वपूर्ण योगदान दिने अध्यक्ष साउदले बिश्वास गरे ।चौरपाटी गाउँपालिका ४ का नेपाली अन्डर १९ का खेलाडी युवराज खत्रिले लिग टु का कोर क्याम्पमा समेत उत्कृष्ट प्रदर्शन गरिरहेका छन।
किर्केट प्रतियोगिता बिजेता टिमले १ लाख २१ हजार १ सय २१ नगद प्रमाणपत्र ट्रफी र उप बिजेताले ४१ हजार १ सय ४१ रुपैया पाउने छन् ।टिम दर्ता शुल्क ७ हजार ५ सय रहेको र टिम दर्ता समय २३ गते बिहान ८ बजेसम्म रहेको छ।
खेलमा म्याद अफ द सिरिजलाईलाई ३ हजार ५ सय बेष्ट बलरलाई २ हजार,बेष्ट ब्याटरलाई २ हजार र टिममा २ जना जिल्ला बाहिरका समाबेश गर्न सकिने आयोजकले जनाएको छ।खेल नकआउटका र लिग सिस्टमका खेल १० ओभर र फाईनल १२ ओभरमा खेलाईने आयोजकले जनाएको छ।











