Advertisement
SKIP THIS
स्ववियु T10 खुल्ला अन्तर जिल्ला स्तरीय किर्केट खेलको तयारी पुरा

अछाम:स्वतन्त्र बिधार्थी युनियन त्रिपुरा बहुमुखी क्याम्पस श्रीकोटको आयोजनामा T 10 खुल्ला अन्तर जिल्ला स्तरीय किर्केट खेलको तयारी पुरा भएको छ।

बिहिबारे हुने खेलको जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवरले उद्घाटन गर्ने स्ववियु सभापति कमल कुँवरले बताए ।साँफेबगर नगरपालिका ३ को काल भैरव मन्दिरको खेल मैदान बिहान १० बजे उद्घाटन हुने तालिका रहेको र उद्घाटन कार्यक्रम सास्कृतिक कार्यक्रम समेत रहेको सभापति कुँवरले बताए ।

बिहिबार देखि हुने खेल २२ गतेसम्म सञ्चालन हुने सभापति कुँवरले बताए ।किर्केट खेलको बिजेताले ७७ हजार ७ सय ७७ र उपबिजेताले ३५ हजार पुरुस्कार पाउने छ।

तपाईको प्रतिक्रिया