अछाम:अछाममा आखा शिविर सञ्चालन हुने भएको छ। नेपाल नेत्र ज्योति संघ गेटा आखाँ अस्पतालको आयोजना र स्वास्थ कार्यालय अछामको समन्वयमा बैशाख २२ गतेदेखि ३० गतेसम्म अछामका विभिन्न स्वास्थ संस्थाहरुमा शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालय अछामका प्रमुख झपट ढुंगानाले बताए ।
बैशाख २२ र २३ गते प्राथमिक स्वास्थ केन्द्र कमलबजार २५ र २६ गते जिल्ला अस्पताल अछाममा आखाँ शिविर सञ्चालन हुने ढुंगानाले बताए ।यस्तै बैशाख २९ र ३० गते बयालपाटा अस्पतालमा शिविर सञ्चालन हुनेछ । शिविरमा गई मोतिबिन्दु लगायत आखाँका रोगीहरुले नि:शुल्क उपचार गराउन प्रमुख झपट ढुंगानाले बताए ।