Advertisement
SKIP THIS
जयगढका अग्नि पिडितका लागि मेल्लेख ५ का अध्यक्ष अधिकारीले संकलन गरे १ लाख बढी सहयोग

अछाम:अछामको मेल्लेख गाउँपालिका ५ का अध्यक्ष प्रकाश अधिकारीले जयगढका अग्नि पिडितलाई १ लाख ३ हजार ७ सय रकम संकलन गरेका छन् । आईतवार अध्यक्ष अधिकारीले अग्नि पिडितका लागि संकलन गरेको उप्त रकम बान्नीगढी गाउँपालिका अध्यक्ष टेक बहादुर साउदलाई हस्तान्तरण गरे।

चैत्र २६ गतेका दिन बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा भएको आगलागीबाट २४ घर पसल जलेर पुर्ण रुपमा क्षति भएका र भौतिक संरचना बाहेक करिब ८ करोडको क्षति भएको थियोे ।

आगलागी पिडितलाइ सहयोग पुगोस् भनेर वडा अध्यक्ष अधिकारीले सामाजिक सञ्जाल फेसबुक मार्फत सहयोगका लागि अपिल गरेका थिए ।जयगढका आगलागी पिडितलाई यश अघि मेल्लेख गाउँपालिकाले १ लाख दिने निर्णय गरिसकेको छ।

तपाईको प्रतिक्रिया