अछाम:अछाममा ‘सौता’ आएकि एक महिलालाई प्रहरी प्रकाउ गरेको छ।
बहुबिवाह कसुरमा २०८१ असाढ ६ गते १ वर्ष ४ महिना कैद सजाय र १३ हजार ३ सय ३३ रुपैया जरिवाना तोकिएकोमा हालसम्म फरार रहेकि अछाम तुर्माखाँद गा.पा.४ चिसि बस्ने २४ बर्षकि तुलसी बुढालाई प्रकाउ गरिएको प्रहरीले जनाएको ।
(हिजो) सोमबार १२:४० बजे प्रहरी चौकि तुर्माखाँदबाट खटिएको प्रहरी टोलिले गरेको र जिल्ला अदालतमा बुझाउने तयारीमा रहेको अछाम प्रहरीले जनाएको छ। प्रकाउ परेकि महिलासँग बहुबिवाह गर्ने पुरुषलाई २ वर्ष ६ महिना कैद र २५००० जरिवानाको फैसला छ भने उनी अझै फरार रहेका छन् ।