Advertisement
SKIP THIS
बयालपाटामा खेलियो ३ वडाको सामूहिक होरी

अछाम:अछामको पुरानो सदरमुकाम हालको साँफेबगर नगरपालिका ८ चण्डिकाको बयालपाटा खुला मञ्चमा सामूहिक होरी सुरु भएको छ। साँफेबगर नगरपालिका ८ चण्डिका, ६ भाग्यश्वर र ७ रिडिकोटको सयुक्त रुपमा होरी सञ्चालन भईरहेको छ।

बिगतमा आफ्नै टोल टोलमा होरी हुनेभएपनि गाउँमा बसाइँसराइका कारण होरी खेल्ने मानिस अभाव भएपछि सामुहिक रुपमा खेलिएको साँफेबगर नगरपालिका ८ चण्डीकाका अध्यक्ष कालु सिंह कुुँवरले बताए । बिगतमा भाग्यश्वरको ‘सातला’को प्रशिद्द होरी हुने गरेकोमा हाल गाउँ टोलमा ४/५ जना मात्रै भएकोले बयालपाटा सामुहिक होरी खेलिएको वडा नं ६ भाग्यश्वरका अध्यक्ष मीन बहादुर बोहराले बताए ।

अहिले ३ वडाका मानिस सामुहिक रुपमा बयालपाटा होरी बिगतका मानिस अभावकै कारण रोकिएको होरी यसपटकबाट पुनः सुरु भएको बयालपटाका अमर कडायतले बताए ।बयालपाटामा होरी खेल्दा केहि मात्रामा बजार समेत चलाएमान भएको र हाम्रो सस्कृति होरी समेत पछिल्लो पुस्तामा हस्तान्तरण हुने काम भएको स्थानीय बासिन्दा समेत रहेका जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवरले बताए ।

गाउँमा मानिस अभावकै कारण रोकिएका होलि पुनः खेल्न पाउँदा खुसि भएको प्रमुख कुँवरले बताए ।अब राज्यले गाउँमै बस्ने बाताबरण बनाउन ढिलो नहुने कुँवरले बताए ।गाउँमै बस्नका लागि राज्यले ठोस नीति लिएर अगाडि बढे र कृषिमा आत्मनिर्भर बनाउन सके गाउँमै मानिस फर्केनि कुँवरले बिश्वास गरे।मानिसहरु बसाइँसराइ गएकै कारण हाम्रा सस्कृति समेत लोप हुने अवस्था रहेकोमा यसरी सामुहिक रुपमा होरी खेल्दा नयाँ पुस्ताले समेत आफ्ना सस्कृति सिक्ने मौका पाउने प्रमुख कुँवरले बताए ।

तस्बिरहरू शिक्षक रमेश भण्डारी

तपाईको प्रतिक्रिया