Advertisement
SKIP THIS
स्वामीकार्तिक खापर गाउँपालिकामा स्वास्थ शिविर हुदै

बाजुरा:बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा महिला र बालबालिकाका लागि स्वास्थ शिविर सञ्चालन हुने भएको छ।

फाल्गुन २९ गते SHINE NEPAL कैलालीको आयोजना स्वामीकार्तिक खापर गाउँपालिकाको समन्वयमा स्वास्थ्य चौकी वाईमा शिविर सञ्चालन हुन लागेको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले जानकारी दिए।

अध्यक्ष रोकायाका अनुसार शिविरमा विशेषगरी महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी चेकजाँच तथा उपचार,बालबालिका र अन्य व्यक्तिहरुको सामान्य स्वास्थ्य चेक जाँच हुने हुनेछ ।शिविरमा आएर चेकजाँच गरि आफ्नो स्वास्थको बारेमा जानकारी लिन अध्यक्ष रोकायको आग्रह गरे।

तपाईको प्रतिक्रिया