Advertisement
SKIP THIS
एम्बुलेन्स बन्यो वडा अध्यक्ष साउदको मोटरसाइकल,चालक आफैं

अछाम: नागरिकको सेवामा सधै अगाडि रहेका अछामको बान्नीगढी जयगढ गाउँपालिका ३ बरदादेबिका अध्यक्ष नवराज साउदले आफुले चढ्दै आएको मोटरसाइकलबाट एम्बुलेन्सको जसरी नागरिकको लागि सेवा प्रवाहमा प्रयोग गरिरहेका छन् ।

वडा अध्यक्ष साउद गाउँ घरमा जेष्ठ तथा असक्त नागरिक बिरामी हुदाँ आफै घरमै पुगेर मोटरसाइकल लिएर बिरामीहरुलाई स्वास्थ संस्था पुर्याउने गरेका छन।

नागरिकका आधुनिक जीवन शैली स्वदेश तथा वैदेशिक रोजगार सङ्गै गाउघरमा जेष्ठ नागरिक र अशक्त व्याक्तिहरु बिरामी पर्दा घरमा जिवित पाउन गाह्रो हुने अवस्था भएको अध्यक्ष साउदले बताए ।गाउँ टोलका जेष्ठ तथा अशक्त नागरिक बिरामी हुदाँ खबर गर्न वडा अध्यक्ष साउदले आग्रह गरेका छन।

तपाईको प्रतिक्रिया