Advertisement
SKIP THIS
युनाइटेड अजोड इन्स्योरेन्स द्वारा बाख्राको बिमाङ्क रकम हस्तान्तरण

भगवती कुँवर साँफेबगर:युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड अछाम शाखाद्धारा पशु बिमाङ्क रकम हस्तान्तरण गरेको छ।

बिहीबार जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं.३ मा रहेको म पशुपन्छी फर्ममा सञ्चालकलाई ४९ हजारको पशुपन्छी बिमा रकम हस्तान्तरण गरिएको छ ।

उप्त फर्ममा बिमा गरेका बाख्रा मध्ये ४ वटा मरेका थिए ।सो मरेका बाख्राको बिमा रकमको चेक फर्मका संचालक हंसा धामी लाई हस्तान्तरण गरेको इन्स्योरेन्स शाखा कार्यालय अछामले जनाएको छ।

तपाईको प्रतिक्रिया