Advertisement
SKIP THIS
अछाम जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्डको मन्त्री खड्काद्वारा उद्घाटन

अछाम :अछाम जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गरिएको छ। बुधबार सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री माननीय मेघराज खड्काले चौरपाटी गाउँपालिकामा १५ औं राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गरे।

कार्यक्रम बिशिस्ट प्रदेश सभा सदस्य मान बहादुर रावल,जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवर रहेका थिए ।

यस्तै जिल्ला बिकास अछामका पुर्व सभापति भरत कुमार स्वार,अछामका सबै स्थानीय तहका प्रमुख,प्रमुख जिल्ला अधिकारी शिव प्रशाद लम्साल प्रहरी प्रमुख ईश्वरी प्रशाद भण्डारी लगायतको सहभागीता रहेको थियो ।अछाम जिल्लाका १० ओटै स्थानीय तहबाट खेलाडीहरु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी रहेका छन।

तपाईको प्रतिक्रिया