Advertisement
SKIP THIS
अछाम जिल्ला स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्डको मन्त्री खड्काले उद्घाटन गर्ने

अछाम :अछाम जिल्ला स्तरीय १५ औँ राष्टपति रनिङ शिल्ड प्रतियोगिताको सुदूरपश्चिमका सामाजिक बिकास मन्त्री माननीय मेघराज खड्काले उद्घाटन गर्ने भएका छन।

स्वास्थ्यका लागि खेलकुद, राष्टका लागि खेलकुद नाराका साथ चौरपाटी गाँउपालिकामा हुने १५ औँ जिल्ला स्तरिय राष्टपति रनिगं शिल्ड प्रतियोगिता यहि फाल्गुन ७ गते उद्घाटन मन्त्री खड्काले उद्घाटन गर्ने तय भएको गाउँपालिका अध्यक्ष भिम बहादुर साउदले बताए ।फागुन ७ गते सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको खेलमैदान लगायतका आवश्यक पूर्वाधारको तयारी पुरा भएको अध्यक्ष साँउदले बताए ।

उद्घाटनको दिन ७ गते चौरपाटी गाँउपालिकाका ७ वटै वडाका स्थानिय कला तथा संस्कृती झल्किने झाँकीहरु प्रदर्शन गरिने तयारी छ । साथै प्रतियोगितामा कलाकार जनक साँउद (अछामी माग्ने बुढा) भीम बिष्ट (अछामी रेखा) टेक बहादुर बोगटीले समेत आफ्नो कला प्रस्तुत गर्ने छन् भने देउडा खेलका लागि कलाकार चित्रा शाहीलाई समेत आमन्त्रण गरिएको जिल्ला खेदकुद समिति अध्यक्ष केशर खड्काले बताए ।

१० वटै पालिकाबाट करिब ७ सय खेलाडी सहभागी हुने ।

प्रतियोगिताका लागि अछामका १० वटै पालिकाबाट करिब ७ सय खेलाडी सहभागी हुने जिल्ला खेलकुद समिति अछामका कार्यालय प्रमुख हर्क साँउदले बताए । बिभिन्न बिधाका गरि ७ सय खेलाडी सहित खेल प्रशिक्षक, व्यावस्थापक, पालिकाका जनप्रतिनिधी र कर्मचारी समेत प्रतियोगितामा सहभागि हुने कार्यालय प्रमुख साँउदले बताए ।

फागुन ७ देखि ११ गते सम्म सञ्चालन हुने खेलमा सहभागी खेलाडी लगायत अन्य महानुभावहरुका लागि खान बस्नको प्रबन्ध समेत पालिकाका बिभिन्न होटलमा व्यावस्थापन गरिएको छ भने आवासका लागि पालिकाले लुगाकपडा खरिद गरेर अस्थायी रुपमा चौरपाटीमा रहेका होटल सहित कार्यालयका कोठाहरु समे प्रयोगमा ल्याईने आयोजकले जनाएको छ ।

यसपटक प्रतियोगितामा महिला पुरुष भलिबल, महिला पुरुष कबड्डी, कराते, एथ्लेटिक्स तर्फ हाईजंप, लम्जम्प, सटफुट, ज्याब्लिगं थ्रो, दौड तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर र ३ हजार मिटर लगायतका खेल समाबेश रहेका छन् ।

तपाईको प्रतिक्रिया