धनगढी : “सुदूरपश्चिम सिङ्गिङ स्टार”को उपाधि समीर परियारले जितेका छन् ।अछाम चौरपाटी गाउँपालिका-५ लुङ्ग्राका समिर २५१ जनालाई उछिन्दै चर्चित गायन ‘रियालिटि शो’ “सुदूरपश्चिम सिङ्गिङ स्टार” बनेका हुन् । धनगढीमा असोज १२ गतेदेखी ‘रियालिटि शो’ संचालनमा आएको थियो ।
ड्रिम्स इन्टरटेनमेन्ट प्रिजेन्टले आयोजना गरेको सिङ्गिङ एन्ड डान्सिङ स्टारको प्रतियोगिताको गायन तर्फ समीरले सेमिफाइनल पार गर्दै फाइनल राउन्डमा पुगेका थिए ।
आधुनिक,लोक,पप सबै जनराका गीत गाउन सक्ने भर्सटायल आवाज भएका समिर पछिल्लो युवा पुस्ताका चर्चित गायक हुन् । विभिन्न मेला महोत्सवमा व्यस्त उनि विगत केही बर्षदेखी धनगढीमा सांगितिक क्षेत्रमा संघर्ष गरिरहेका छ्न् । धनगढीमा विभिन्न दोहोरी साझहरुमा लाईभ म्यूजिक गायनमा समेत उनको अनुभव रहेको छ ।
उनले फाइनल राउन्डमा भोटिङ मार्फत सबैलाई उछिन्दै विजेता बनेका हुन् । आफु विजेता बन्नुमा उनले सम्पूर्ण गीत सङ्गीत प्रेमीलाई दिएका छन् । दर्शक,स्रोताको माया र साथ सहयोगले आफु विजेता बनेको उनले बताए ।