Advertisement
SKIP THIS
चौरपाटी हुने १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी तिब्र

अछाम:अछामको चौरपाटी गाउँपालिकामा फाल्गुन ७ गते देखि सञ्चालन हुने १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी तिब्र पारिएको छ।

प्रतियोगीतामा जिल्लाका १० स्थानिय तहका खेलाडीहरुको सहभागी हुनेछ।जिल्ला खेलकुद विकास समितिको आयोजना र चौरपाटी गाउँपालिकाको समन्वयमा सञ्चालन हुने १५ औँ राष्ट्रिपति रनिङ सिल्ड प्रतियोगीताको तयारी भव्यताका साथ भईरहेको गाउँपालिका अध्यक्ष भिमबहादुर साउदले जानकारी दिए।

फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा रनिङशिल्ड प्रतियोगीताको उद्घान गर्ने गाउँपालिकाको आफ्नै खेलमैदान निमार्णधिन अवस्थामा रहेको बताउदै अध्यक्ष साउदले सबै विधाका खेल यसै खेलमैदानमा खेलाउने गरेर फागुन ४ गते सम्म संरचना तयार पार्ने गाउँपालिका अध्यक्ष साउदले बताए।

खेलाडीहरुलाई खेलमैदान नजिकमा रहेका विद्यालय,विभिन्न पार्टी कार्यालय र होटलहरु व्यवस्थापन गरिने अधयक्ष साउदले जानकारी दिए। १५ औँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगीतालाई मर्यादित रुपमा सम्पन्न गर्ने उद्देश्यको साथ विभिन्न उपसमिति गठन गरेर कामहरु भईरहेको साउदले बताए।

तपाईको प्रतिक्रिया