Advertisement
SKIP THIS
बान्नीगढीमा भेडा बाख्रामा लाग्ने पिपिआर रोग बिरुद्धको खोप घर घरमा गएर लगाउन थालियो

अछाम:बान्नीगढी जयगढ गाउँपालिकामा भेडा बाख्रामा लाग्ने महामारी बिरुद्ध पिपिआर खोप घर घरमा गएर लगाउन थालिएको छ।बुधबार गाउँपालिकाको वडा न १ गाज्राबाटबाट महामारी बिरुद्धको पिपिआर खोप अभियान सुरुवात भएको छ।

भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र अछामको आयोजना र गाउँपालिकाको प्राविधिक सहयोगमा गाउँपालिकाका पशु प्राविधिकहरु महामारी बिरुद्ध भ्याक्सिन लिएर बाख्राघर पालक किसानको घर घरमा पुगेर भ्याक्सिन लगाउन थालेका छन।

गाउँपालिका भित्रका करिव १० हजार बाख्रामा र अहिले चिसो छल्न आएका आगन्तुक भेडा बाख्रालाई समेत पिपिआर खोप लगाइने गाउँपालिका पशु सेवा शाखा प्रमुख पशु अधिकृत हर्क बहादुर शाहिले बताए ।

शाहिका अनुसार पिपिआर रोग भेडा बाख्रामा लाग्ने निकै खतरानक रहेको यो लागेपछि निको हुने सम्भावना १ प्रतिशत मात्रै रहने भएकाले यसलाई भेडा बाख्रा तन्दुरुस्त भएकै बेला लगाउनु पर्ने बताए ।

तपाईको प्रतिक्रिया