अछाम:अछाममा रुखबाट लडेर एक महिलाको मृत्युु भएको छ।
मंगलबार दिउँसो जिल्लाको साँफेबगर नगरपालिका १३ बाब्लाकि ६५ की निखिरा नेपालीको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।
मृतक नेपाली आफ्नो घर देखि २०० मिटरमा रहेको बेडुलाको रुखमा घांस काट्ने क्रममा रुखबाट लडी घाईते भएकि र उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटामा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।