अछाम:अछामको साँफेबगर नगरपालिका ८ चण्डीका बयालपाटामा रहेको महेन्द्र माध्यमिक बिधालय बयालपाटामा एचपिभि खोपको मानव साङ्लो बनाईएको छ।
बुधबार बिधालयमा महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सर बिरुद्धको खोप अभियानको सुरूवात गर्दै बिधार्थीहरुले खोपको नामको मानव साङ्लो तयार पारेका शिक्षक रमेश भण्डारीले बताए ।
महेन्द्र माध्यमिक बिधालयमा अध्यरनत बान्नीगढि जयगढ गाउँपालिका १ गाज्रा २ जनालिकोट र साँफेबगर नगरपालिका ६ भाग्यश्वर, ७ रिडिकोट ८ चण्डीका का कक्षा ६ देखि १० सम्म अध्यनरत १ सय ६७ किशोरीलाई पाठेघरको मुखमा लाग्ने क्यान्सर बिरुद्धको एचपिभि खोप लगाईएको शिक्षक भण्डारीले बताए ।
खोप सञ्चालन अभियान कार्यक्रमको सुरूवात गर्दै साँफेबगर नगरपालिका ८ चण्डीका वडा अध्यक्ष कालू सिंह कुँवरले खोप लगाएर भबिस्यमा पाठेघरको मुखमा लाग्न सक्ने क्यान्सरको खतराबाट वच्न सकिने बताए । बिधालयमा लगाउन छुटेका किशोरीलाई स्वास्थ चौकी चण्डिकामा लगाईने अध्यक्ष कुँवरले बताए ।