निराकरण खबर अछाम:एच.पि.भी. खोप अभियान २०८१ वडा स्तरीय खोप समन्वय समिति सरोकारवालाहरु तथा महिला स्वास्थ्य स्वयंसेविका र स्वयंसेवकहरुको लागि अभिमुखिकरण कार्यक्रम साँफेबगर नगरपालिका ८ चण्डीकामा सम्पन्न भएको छ।
आईतवार वडा खोप समन्वय समिति चण्डिका अध्यक्ष तथा वडा अध्यक्ष कालू सिहं कुवरको अध्यक्ष्ातामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।
यहीँ माघ २३ गतेदेखि सुरु हुने एचपिपि महिलाको पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप सम्बन्धि अभिमुखिकरण गरिएको थियोे ।