Advertisement
SKIP THIS
बयालपाटा अस्पताल प्रदेश सरकार चलाउन सक्षम छ, सामाजिक बिकास मन्त्री खड्का

निराकरण खबर अछाम:सुदूरपश्चिम प्रदेशमा सामाजिक बिकास मन्त्री माननीय मेघराज खड्काले बयालपाटा अस्पताल प्रदेश सरकार पुर्ण रुपमा चलाउन सक्षम रहेको बताएका छन् । सोमबार साँफेबगर नगरपालिका ८ चण्डीकाको नव निर्मित वडा कार्यालयको उद्घाटन गर्दै मन्त्री खड्काले त्यसका लागि गैरसरकारी संस्था न्याय हेल्थले निर्णय सहित अस्पताल चलाउन सक्दैनौं भनेर आएपछि प्रदेश सरकारले बयालपाटा अस्पताल चलाउन सक्ने बताए ।

पछिल्लो समय बयालपाटा अस्पताल सकिन लाग्यो भनेर हल्ला चलाउने मात्रै काम भएको अस्पताल सञ्चालनका लागि भनेर अस्पताल रक्त सञ्चार केन्द्र स्थापना,अन्य आवश्यक उपकरण र औंषधि खरिद ,सामुदायिक स्वास्थ कार्यक्रमलाई प्रभावकारी बनाउन बजेट बिनियोजन गरेको बताए ।

बयालपाटा अस्पतालको लागि औंषधि खरिद प्रक्रिया सुरु भएको बताउदै मन्त्री खड्काले सरकारी खरिद कार्यहरु कुनै ब्याक्ती र गैरसरकारी संस्थाले गरे जस्तो नहुने कुनै सानो त्रृटि हुदाँ पनि मुद्दा मामिला हुने हुदाँ सचेत भएर गर्नुपर्ने हुदाँ समय लाग्ने गरेको बताए ।

बयालपाटा अस्पतालले गर्ने आर्थिक गतिविधिबारे अन्यौलता रहेको बताउदै संस्थाले पारदर्शिता कायम गरेर अघि बढ्नुपर्ने बताए ।आफू यो क्षेत्रको जनप्रतिनिधि भएको हुदाँ अस्पताल बन्द हुनुपर्छ भन्ने आफ्नो मान्यता नरहेकोले अस्पताल सञ्चालनका लागि आफू सधैव सकारात्मक रुपमा लागि रहेको बताए ।

जनता बुहुमुखि क्याम्पस र श्रीकोट बहुमुखी क्याम्पस यहाँका नागरिकको आवश्यकता हुदाँ पनि गतबर्ष बजेटको अभावले रबिनियोजन गर्न नसकेको सरकार स्थाइत्व भए आग्रामी बजेट सम्बोधन गर्ने मन्त्री खड्काले बताए ।

राजापुर दिपायल सम्म हाट गएका हामि नागरिक अहिले घर आगनमा पक्कि सडक हुदाँ पनि गाउँ घरमा बस्न नसकेको बिधालयमा भौतिक संरचना निर्माणका लागि बजेट माग हुने तर बिधालय बिधार्थी नहुने अवस्था रहेको शिक्षा क्षेत्रमा गरेको लगानी बेअर्थ हुने अवस्था सिर्जना भएको मन्त्री खड्काले बताए ।मानिसमा बढी महत्त्वकांक्षी बढ्दा गाउँघर रितै र बिकास गाउँमा पुग्दा पुदाँ मानिस शहर ,भारत र बिदेश जाने परिपाटी बढ्दै गएको बताए ।

तपाईको प्रतिक्रिया