Advertisement
SKIP THIS
ललित सिर्पालिको ‘माया तिमी हौ’ गित सार्वजनिक(भिडियो सहित)

काठमाडौं:गायिका शान्ति श्री परियार र गायक ललित सिर्पालिका स्वरमा रहेको सारै मार्मिक गीत ‘माया तिमी हौ’ सार्वजनिक भएको छ । गायक ललितको युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीत ‘माया तिमी हौ’ को शब्द तथा संगीत ललित सिर्पालिको रहेको छ भने हेमन्त कान्छा रसाईलिको संगीत संयोजन रहेको छ । गितमा रत्न बि क को बासुरि रहेको छ भने । गितारमा संजिब बराईलि को रहेको छ । स्टुडियो मारुनि बाट कुमार रानाको मिक्सिङमा तयार भयको अडियो हो ।

Lalit music official मा निर्माण भएको गीत ‘माया तिमी हौ ’को भिडियो पनि अर्गानिक रुपमा निर्माण गरिएको छ ।-मुनामदन झै हासि खुसि रहेको प्रेम जोडि बिहेमा परिणत भै यउटा पैसाको लागि आफ्नो गर्बवति बुडिलाई यक्लै छाडेर जानुको पीडा – कस्तो हुन्छ भनेर गितको भिडियोमा देखाईयको छ। गीतमा प्रस्तुत ‘माया तिमी हौ ’ आयुस्मा कार्कि,ललित सिर्पालि,भिमसेन दाहाल,देिप हमाल,दिलिप सिर्पालि ,प्रमिला राइ, धुर्ब खड्काको अभिनय रहेको छ । भिडियोको निर्देशन, छायाँकन तथा सम्पादन आर बी सेन्चुरीले गरेका हुन् ।
भिडियो

तपाईको प्रतिक्रिया