निराकरण खबर अछाम:अछामको मंगलसेनमा रहेको शोडषा देबी माध्यमिक बिधालयमा योग साधना केन्द्रको स्थापना गरिएको छ ।पतञ्जली योग समिती,महिला पतञ्जली योग समितीको संयुक्त प्रयासबाट शोडषा देबी माध्यमिक बिधालयमा शाखाका रुपमा योग केन्द्रको बिहिवार माननीय पुष्प शाहले उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा बोल्दै माननीय शाहले- योग स्वास्थ्य जिवनको बलियो भएको,योग साधना हाम्रो धर्म,संस्कार र संस्कृती संग जोडिएकोले हाम्रो तन,मन र मस्तिष्कलाई तन्दुरुस्त स्वच्छ राख्न दैनिकी जिवनमा योग जरुरी रहेको बताए ।
समाजमा बिकृती, बिसंगती,अप्रिय घटनाहरु अस्वस्थ मनस्थितिका कारण घटने गरेकोले तनाब मुक्त हुन,स्वस्थ रहन , दैनिकी सहज बनाउन सबैको लागि योगा अपरिहार्य रहेको शरिरमा स्वस्थता,शक्ति र आत्मविश्वास बढाउने एक दरिलो माध्यम केवल योग भएकाले यो जिवनको बलियो आधार भएको बताए ।
कार्यक्रम बिशिस्ट अथिति मंगलसेन नगरपालिका उपप्रमुख संगीता रावल सोडारी ,प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले बोल्दै -“योग, ध्यान, साधनाको नियमित अभ्यासले मात्रै प्रतिफल प्राप्त हुने भएकाले आजको व्यस्त जीवनशैलीमा आफ्नो पेशा ब्यवसाय लाई सहि ढंगले सम्पादन गर्न योग अभ्यास नियमित गर्न सुझाब दिए।