निराकरण खबर अछाम:आर्थिक अभावमा मिर्गौला पिडित अछामको साँफेबगरका ललित कुँवर अस्पतालको बेडमा बचाईदिन आग्रह गरेका छन।
साँफेबगर नगरपालिका वडा नं. ४ मष्टामाण्डौं निवासी वर्ष ४५ का लालित बहादुर कुँवरको हाल स्टार अस्पताल ललितपुरमा हप्ताको दुई पटक डाइलासिस गराई गराउदै आएका छन
हालसम्म दुबै मिर्गौलाको औषधी उपचार र डाइलासिस गर्दा गर्दै हालसम्म घरको चल अचल सम्पत्ति वेचविखन गरी २१ लाख भन्दा बढी पैसा खर्च गरिसकेका छन।आफुले अझै बाच्न चाहेको तर आर्थिक अभावका कारण उपचारमा समस्या भएको हुदाँ सहयोग गरिदिन अस्पतालको बेडबाट बचाईदिन अपिल गरेका छन।
डाक्टरका अनुसार मृगौला प्रत्यारोपणको विकल्प नभएको, सो कार्यका लागि ३० लाख रुपैंया खर्च लाग्ने हुदाँ आर्थिक सहयोग गरि जीवन रक्षा गरिदिन कुँवरले आग्रह गरेका छन।कुँवरले जीवन रक्षाका लागि अछाममा अभियान समेत सञ्चालन भएको छ।
उनको जीवन रक्षाका लागि कृषि बिकास बैक साँफेबगरमा ललित बहादुर कुँवर जीवन बचाऔं अभियान खाता सञ्चालन गरि अभियान सञ्चालन भएको हो।