Advertisement
SKIP THIS
जनसम्पर्क समिति आयरल्यान्डका सभापति ओलिले अछामको एक बिधार्थीको मासिक खर्च बेहोर्ने

निराकरण खबर अछाम:नेपाल जनसम्पर्क समिति आयरल्यान्डका सभापति अंकित ओलिले अछामको एक बिधार्थीको मासिक खर्च बेहोर्न भएका छन् ।

दाङका स्थायी बासीन्दा सभापति ओलिले नेबिसंघ केन्द्रीय सदस्य सुशील कुँवरको आग्रहमा साँफेबगर नगरपालिका ८ चण्डिका घर भई काठमाडौं अध्यनरत रवि नगार्जिको प्रत्येक महिनाको पढाइ खर्च स्वरुप मासिक ५ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन।

नेबिसंघ केन्द्रीय सदस्य कुँवरका अनुसार मेहनती जेहेन्दार अनुशासित विद्यार्थी रवि नगार्जिलाई प्रत्येक महिना पढाई खर्च व्यवस्थापन गर्ने प्रतिबद्धता अनुरुप पहिलो चरणको ५ हजार सहयोग गरेका उप्त रकम नेपाली कांग्रेसका केन्द्रिय एवम् नेपाली कांग्रेस नेपाली जनसम्पर्क समिती विभाग प्रमुख आदरणीय किरण पौडेलले हस्तान्तरण गरेका हुन।

उच्च शिक्षाको लागि लगनशील मेहनति जेहन्दार बिधार्थी नगार्जिलाई सधै सहयोग गर्ने प्रतिबद्धता जनाएको कुँवरले बताए । यसअघि समेत सभापति ओलिले अछामको मेल्लेख गाउँपालिका ३ ठाटिकी एक महिलालाई घर बनाउनका लागि ८४ हजार सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया