Advertisement
SKIP THIS
दुरि होला समय कै कस्ले के के भन्यो बोक्नु

ममता झै माया दिनु हामी छुट्नै परेपनि
एक इच्छालाई साक्षी राख्ने ताराहरु झरे पनि

खुड्किलाको कर्म हुन्न लड्ने तिमी हामी नै हो
औलो बौरो माया पोख्नु गल्ती पनि हाम्रो नै हो

पखेटामा दाग लाग्ने चरा हुन्छ जरा हुन्न
त्यै जरा झै बन्नु प्रिया चट्टान छुन्छ चट्याङ्ग छुन्न

दुरि होला समय कै कस्ले के के भन्यो बोक्नु
प्रेमी पात्र बनी सक्यौ आशु भल सके रोक्नु

भलो खोज्ने कुलो खन्छ बग्ने सिच्ने पानी न हो
भन्दै आउछन आफन्त त मरे पछि यो मेरो हो!!

लेखक साँफेबगर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हुन।

तपाईको प्रतिक्रिया