Advertisement
SKIP THIS
कृषि र सहकारीे क्षेत्रका समस्या समाधान गर्ने मन्त्री थापाको प्रतिवद्धता

अछाम : जिल्लाको कृषि र सहकारीे क्षेत्रमा हुने हरेक समस्या संग सहकार्य गर्ने सुदुरपश्चिम प्रदेशका कृषि भुमिव्यवस्था तथा सहकारी मन्त्री बिर बहादुर थापाले प्रतिवद्धता व्यक्त गरेका छन्। हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार साँफेबगरमा भएको १५औँ बार्षिक साधारण सभालाई प्रमुख अथितिको आसनबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

यस क्षेत्रका किसानको लागी हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाले धेरै राम्रो काम गरिरहेकामा धन्यवाद दिएका हुन्। प्रदेशका धेरै सहकारीको कार्यक्रम सहभागी भैरहदा यो सहकारीमा नयाँ खालको अनुभुती भएको कृषि मन्त्री थापाले बताए ।

सहकारीले यहाँका राजनिति दल,स्थानिय तह,सरर्कारी कार्यलय,समुदायका व्यक्तिको सबैको सहयोग रहेकोमा खुसि व्यक्त गरे । मन्त्री भएको पहिलो दिन नै आफुले सहकारी क्षेत्रमा नराम्रो गर्नेलाई कारवाही गर्ने राम्रोलाई पुरुस्कृत गर्ने भनेर कानुन बनाउने भन्दै हस्ताक्षर गरेको र यो प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी गराए

मन्त्री थापाले आगामी बजेटमा प्रदेशका ८८ वटै पालिकाका प्रमुख, उपप्रमुख, कार्यकारी र जिल्ला समन्वय समितिका प्रमुखसंग मन्त्रालयमा बोलाएर अन्तरक्रिया गर्ने योजना बनाएको जानकारी दिए । आजको समय जो बजेटमा असामनता आएको छ यसलाई कानुनले रोक्ने व्यवस्था गरि आवश्यकता आधारमा बजेट विनियोजन गर्नु पर्ने उनको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया