Advertisement
SKIP THIS
छैठौं साँफेबगर महोत्सवबाट ५२ लाख रकम बढी बचत

अछाम : बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापनाका लागि सञ्चालित महोत्सवमा ९३ लाख ६५४ संकलन भएको छ भने ४० लाख ५८ हजार ५२२ खर्च भएको छ।  लायन्स क्लब अफ साँफेबगरले माघ २६ गतेदेखि फागुन ५ गतेसम्ममा छैठौं महोत्सवको आयोजना गरेको थियो। क्लबले आज बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो। 

अछाम, डोटी र बाजुराका स्थानीयतह र सामाजिक विकास मन्त्रालयबाट ४३ लाख ५० हजार, टिकटबाट २३ लाख ५९ हजार ४२९, बैंक तथा वित्तीय संस्थाबाट ५ लाख ८५ हजार, साँफेबगर र धनगढी स्थित विभिन्न कम्पनीहरुबाट ४ लाख ८५ हजार ५०,अछामस्थित विभिन्न संघ संस्था व्यापारीहरुबाट ३ लाख ७४ हजार, लायन्स क्लबका सदस्यहरूबाट ६ लाख १० हजार, रमाईलो मेलाबाट ५१ हजार, भलिबलको टिम दर्ता शुल्कबाट ४८ हजार, कलाकारबाट ६३ हजार १७५, स्टल भाडा बाफत २ लाख ४० हजार, मानव सेवा फाउण्डेशन मार्फत ७५ हजार, टिकटकर आयुष सिंह ठकुरीबाट ५० हजार, लोकबहादुर चलाउनेबाट १० हजार रकम संकलन भएको छ। 

खर्चतर्फ कलाकारको पारिश्रमिक १३ लाख ९५ हजार ५ सय, टेन्टको ८ लाख, बाध्य बाधन ८९ हजार, सुरक्षा सयन्त्र १ लाख ७८ हजार, सम्मान पत्र ,मायाको चिनो,छपाई तथा व्यानर ४ लाख २० हजार, भलिबल प्रतियोगीता तर्फ ५ लाख १ हजार ३२०, यातायात तथा ईन्धन २ लाख ९५ हजार १२७, विविध सामान खरिद ८७ हजार ५२०, मैदान निर्माण ३३ हजार ८४०, आवास तथा भोजन २ लाख ४३ हजार २१५ रहेको छ। 

हालः २ लाख ६६ हजार ७०२ रुपैयाँ बचत रहेको र उठ्न बाँकी ४९ लाख ७५ हजार ४३० संकलन गर्ने क्रम जारी रहेको लायन्स क्लबका अध्यक्ष कृष्ण कुँवरले जानकारी दिए। महोत्सवमा आएका कलाकारहरूबाट समेत आर्थिक सहयोग प्राप्त भएको अध्यक्ष कुँवरले जानकारी दिए। 

तपाईको प्रतिक्रिया