Advertisement
SKIP THIS
बुढो घरको कथा

जवान हुदा खुब रमाउने त्यो बुढो घर आज बुढो भएर सेलाएको छ । उ बेला ऊ संग गफ गर्ने थुप्रै थिए उ खुब मजा मान्थ्यो , आज ऊ एक्लै छ । एक एकान्त छेउमा बसेर उसले आज आफ्ना कथा सुनसान आगनलाई सुनाउछ । जहाँ एक हुल चराहरु आएर पिडादायिक कथाहरु सुनिदिन्छान , जहाँ गाइ – बच्छाहरु आएर केहि थोपा आसुहरु पोखिदिन्छन ।

त्यो घरकै आगनमा कयौ फलहरुको रुख छन् । जहाँ सितलताको छहारी खोज्न कोहि आउदैनन् , जहाँ फलको रसमा आनन्दित महसुस गर्न कोहि धाउदैनन । ति रुख हरु केहि वर्ष अझै बाच्न चाहन्छन त्यसैले त उनीहरु अन्तिम सासमा पनि आफ्ना भावना हरु बुढो घरलाई पोखिरहन्छन, उही बुढो घर जो आफैले केहि सहारा खोजिरहेको छ ।

त्यो बुढो घरको पर्खालहरु , छानाहरू लोलाएका छन ।
आज उसले सुर्यको प्रकाशको स्पर्स राम्ररि गर्न पाएको छैन । आकासमा चम्किएका ताराहरु नियाली सकिरहेको छैन ।

आगनै अगाढीको बाटो बाट कोहि हिडिरहेको देख्दा , उसले आफ्नै आफन्त सम्झन्छ र बोलाइरहन्छ । मन दुखी रहन्छ बोलाइरहन्छ, दिल टुटिरहन्छ बोलाइरहन्छ, डाको सुकिरहन्छ बोलाइरहन्छ । बिना स्वोर कसले सुन्छ होला र यहाँ ? तर पनि उसले आफ्नो सास जादा सम्म बोलाइरहन्छ ।

बुढो घरको बुढि हजुर आमाको माया उसले झल्झली सम्झिरहेको छ । जुन बेला उसले आफ्ना सु:ख – दु:ख पोख्थ्यो , जुन बेला उसले संगै थुप्रै चाढ पर्ब रमाउथ्यो । बुढी हजुर आमा जो कान राम्ररि सुन्दैनन् , जो आखा राम्ररि देख्दैनिन् ! ति हजुर आमालाई उसले एउटा छुट्टै पहिचान् दिएको थियो ।

आज बुढो घरले त्यो परिवेस सम्झिरहेको छ , आफ्नो पनि पहिचान गुमाएको छ ।

थाहा छैन त्यो बुढो घरले अझै कति दुख झेल्छ , कति आफ्नालाई सम्झिन्छ । उसलाई सम्झिने अब साएद कोहि हुने छैनन् !
सम्झना सम्झनामा उस्ले भने कुन दिन आफ्नै अस्तित्वो बिर्सिनेछ !!

मेरी बुवाको बालापन् त्यहाँ सजिएको छ !
मेरो हजुरबुवा – हजुरआमाको याद हरु त्यहाँ लुकेर बसेको छ !
त्यो बुढो घर ( मेरो जन्म घर) सधैव बाचिरहोस !
त्यो बुढो घर ( मेरो जन्म घर ) सधैव हासिरहोस !

मायालु खड्का
बान्नीगढी जयगढ गाउँपालिका १गाज्रा कुण्डालि
हाल कतार

तपाईको प्रतिक्रिया