Advertisement
SKIP THIS
नारी दिवस पटक पटक आयो बिडम्बना न्याय आएन

सुदिप कुवॅर:
“नारी बनौ जिम्मेवारी ”
मनमा हलचल छ
मेरो राष्ट्र नारा बनाउछ प्रत्येक वर्ष,
नारीको अधिकार सुनिश्चितता
यो बर्षको उद्दार नारा,
महिला माथी लगानीको बृदी
प्रगति र समृदी
महिला दिवस पटक पटक आयो,
तर बिडम्बना न्याय आएन
बल्तकृत भएका नारीलाई
न्याय आएन,
निकम्बा सरकार कति बेला
सम्झेर रिस उठ्छ,
निर्दोष जेल जान्छ
न्यायलयको आखा फुट्छ
चुनाव हुदै छ
मन्त्रिहरु बद्लिदैछन
फरक यतिहो नारी समेटिन
नारी दिवस आएको छैन
महिला संरक्षित भएकी छैन,
महिला माथी लगानी भएको छैन
कसरी लगानी गर्थ्यो र
नारीले हिम्मत गरेकै छैन,
जसरी घर बनाउन जग चाहिन्छ,
देश बनाउन महिला चाहिन्छ
नारी ब्रह्माचारी होईन
उनलाई नि स्वतन्त्रता चाहिन्छ
नारी साडीमा रमाउछिन,
किन प्रहार हुन्छ अस्मिता मा
कम्जोर छैन नारी
परिक्षा लेउ क्षमतामा,
लैङ्गिक समानता कानुनमा लेखियो
कार्यान्वयन भएको खोई कता देखियो
ईश्वरको देन
छोरा र छोरी,
भेदभाव किन
पुरुषले गर्ने महिलाले गर्छन
आखिर पछि किन
समाजको काममा समावेशिता
नारी नि चाहिन्छ
नारी र पुरुष बराबर भन्ने
सरकार नि चाहिन्छ ।

तपाईको प्रतिक्रिया