Advertisement
SKIP THIS
अदालतले ठगिको मुद्दामा दोषी ठहर्‍याएका बाबा नै बैधनाथ कोटीहोमको प्रमुख कथा वाचक

ठगिको मुद्दामा जेल गएका बाबा नै बैधनाथ कोटीहोमको प्रमुख कथा वाचक

निराकरण खबर अछाम:अछामको बैधनाथ धाममा सञ्चालन भईरहेको कोटिहोम महायज्ञका मुख्य कथा बाचक नै बिभिन्न ठगिको मुद्दा पटकपटक जेल गएका बाबा रहेका छन। आफूलाई बालयोगेश्वर महाराज बताउने गुल्मी धुर्कोटवस्तुका विजय भण्डारी २०६८ ,६९ र ७१ साल गरि पटकपटक जेल गएका ब्याक्ती रहेका छन् ।

काठमाडौं जिल्ला प्रशासनमा दर्ता भाएको सामाजिक संस्था श्री मानव कल्याण आध्यात्मिक परोपकार संघ नेपालका अध्यक्ष रहेका भण्डारीले बनारसका नेपाली विद्यार्थीदेखि काठमाडौ, नवलपरासी र चितवनसम्मका धार्मिक क्षेत्रमा आबद्ध व्यक्तिलाई ठग्न भ्याएको कान्तिपुर दैनिकले लेखेको छ।

धर्मको आवरणमा शृंखलाबद्ध ठगी धन्दा चलाएका विजय भण्डारीविरूद्ध प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखामा कैयौं जाहेरी परेका कान्तिपुर दैनिकले २०७६ माघ १३ गते समाचार लेखेको छ।

यस्तै बालयोगेश्वर महाराज बताउने गुल्मी धुर्कोटवस्तुका विजय भण्डारीले २८ जना पीडितले १ करोड २७ लाख ६० हजार ठगिएको भन्दै प्रहरीमा उजुरी गरेपछि उनी २०७१ असोजमा पक्राउ परेका थिए । त्यसअघि पनि उनी पटक–पटक थुनामा बसेको खुलेको कान्तिपुरले २०७६ माघ १३ गते समाचार लेखेको छ।

२८ जना पीडितले एक करोड २७ लाख ६० हजार ठगिएको भन्दै प्रहरीमा उजुरी गरेपछि उनी २०७१ असोजमा पक्राउ परेका थिए ।

२०७३ मंसिर ६ मा काठमाडौंले जिल्ला अदालतका न्यायाधीश हरिप्रताप केसीको इजलासले विष्णु प्रपन्नाचार्य बताउने विजय भण्डारीलाई २ वर्ष ६ महिना कैद र ८१ लाख ८५ हजार बिगो जरिवानाको फैसला गरेको थियो । त्यसअघि नै उनी पुर्पक्षका लागि सुन्धारास्थित केन्द्रीय कारागारको थुनामा थिए । केन्द्रीय कारागारका अनुसार ‘महाराज’ २०७१ असोज ६ गते पुर्पक्षका लागि थुनामा पुगेका थिए । अदालतको फैसलापछि कैद सजाय भुक्तान गरेर उनी २०७३ चैत १४ मा रिहा भएका थिए । त्यसो त जिल्ला अदालतको फैसलालाई चुनौती दिँदै महाराज उच्च अदालत पाटन पनि पुगे । २०७५ मंसिर ११ मा उच्च अदालतले जिल्लाकै आदेश सदर गरिदियो ।

महाराज’ को यो पहिलो जेल यात्रा भने थिएन । २०६९ कात्तिक १४ पनि ठगी मुद्दाको उजुरीपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेर वैदेशिक रोजगार विभागलाई बुझाएको थियो । बुटवलका रमेश खनाल, काठमाडौं मच्छेगाउँका प्रकाश ढुंगाना र कीर्तिपुरका प्रमोदकृष्ण अधिकारीले उनीविरुद्ध वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगारी ठगी मुद्दामा जाहेरी दिएका थिए । विभागले अनुसन्धान गरी उनीविरुद्धको मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणको कार्यालयमा दर्ता गरेको थियो ।

लामो बहसपछि न्यायाधिकरणको कार्यालयले २०७५ जेठ २७ गते उनलाई एक वर्ष ६ महिना कैद र १ लाख ५० हजार बिगो जरिवाना ठहर गरेको थियो । मुद्दा सुनवाइकै क्रममा उनी २०६८ साउन ३२ मा एक दिन, २०६८ फागुन ११ मा एक दिन र २०६९ कात्तिक १४ मा दुई दिन मुद्दाको पुर्पक्षका लागि थुनामा परेका थिए । थुनामा बसेको दिन कटाएर उनले एक वर्ष ५ महिना २७ दिन कैद सजाय भुक्तान गर्नुपर्ने देखिन्थ्यो ।

फैसलाको निर्णय पनि बुझ्न नआएपछि न्यायाधिकरणको कार्यालयले अन्तिम फैसलाको सूचना उनको घरमा टाँस गर्न भन्दै २०७५ चैत २४ गते जिल्ला अदालत गुल्मीलाई पत्राचार गरेको थियो । जिल्ला अदालतका तामेलदार चेतनारायण कँडेलले उनको घर नभेटेपछि धुर्कोट गाउँपालिका– ५ को वडा कार्यालयको भित्तामा फैसला टाँस गरेका थिए । न्यायाधिकरणको फैसलापछि उनी स्वतः फरार अभियुक्तका रूपमा दरिएका थिए । प्रहरी र कानुन कार्यान्वयन गर्ने जुनसुकै सरकारी निकायले उनलाई पक्राउ गरेर बुझाउन सक्थे । तर राजनीतिक कनेक्सनका आधारमा उनी लुकिछिपी धार्मिक गतिविधिमा सक्रिय भइराखे ।

गत भदौ २८ देखि असोज ११ सम्म गुल्मीको रिडीमा आयोजित महायज्ञमा ‘महाराज’ उपस्थित हुने सुइँको पाएपछि जिल्ला प्रहरी कार्यालयले उनलाई पक्राउ गर्ने तयारी थालेको थियो । जिल्ला अदालत गुल्मीका स्रेस्तेदार कृष्णशरण लामिछानेका अनुसार फैसला कार्यान्वयन गर्न प्रहरी, प्रमुख जिल्ला अधिकारीको बैठकसमेत बसेको थियो । तर चलाख ‘महाराज’ ले पक्राउबाट जोगिन न्यायाधिकरणको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको थाहा पाएपछि प्रहरी पछि हट्यो । कान्तिपुरसँग कुरा गर्दै स्रेस्तेदार लामिछानेले ‘महाराज’ ले पक्राउ परिने डरले नाम नै बालयोगी महाराज राखेको कुरा बताए ।

कान्तिपुरको अनलाइन संस्करण २०७६ मा माघ १३ गते प्रकाशि समाचारका आधारमा

तपाईको प्रतिक्रिया