Advertisement
SKIP THIS
बुढीगंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ साधारण सभा सम्पन्न

भगवती कुवर साँफेबगर:बुढीगंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ साधारण सभा तथा अधिवेशन साँफेबगरमा सम्पन्न भएको छ । सहकारीको दिगोपन स्वनियमन र सुशासन भन्ने मुल नाराका साथ साधरण सभा तथा अधिवेशन कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष दिर्घ बहादुर ठकुल्लाको अध्यक्षतामा सञ्चालन भएको साधरण सभा तथा अधिवेशनका प्रमुख अतिथि पुर्व उपप्रधान गृह तथा रक्षा मन्त्री डा.भिम रावल रहनु भएको थियो । प्रमुख अथितिको आसनबाट साधारण सभालाई कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व उपप्रधान मन्त्री डा.रावलले बुढीगंगा बचत तथा ऋण सहकारी संस्थाले आफनो स्थापना काल देखि पारर्दशी रुपमा काम गर्दै आएकोमा खुसी व्यक्त गर्नु भएको छ ।

सहकारीले आगामी दिनमा बचत कर्ताहरुलाई सहयोग गरेर यहाँको कृषि लगाएत अन्य उत्पादनको क्षेत्रलाई माथी उकास्नको लागी लाग्नु पर्ने उहाँको भनाई रहेको छ । अछाम जिल्लाको विकासको लागी यहाँका विशिष्ट व्यक्ति,राजनितिक दल र सहकारी संस्थाहरुले एक जुट भएर काम गर्नु पर्ने उहाँले बताउनु भयो । पछिल्लो समयमा कतिपय सहकारीले अरबौँ रकमको ठगी गरेका घटना बाहिर आईरहेका बेला अछाममा रहेका सहकारीलाई त्यस तर्फ गम्भीर बनेर काम गर्न डा.रावलले सुझाव दिए।

देशको अर्थतन्त्रमा टेवा पुगोस् भन्ने उद्देश्यले सहकारीलार्ई संमविधानमा पनि विशेष महत्वका साथ स्थान दिएको बताउनु भयो ।कार्यक्रममा विशिष्ट अतिथि साँफेबगर नगरपालिका पुर्व उपप्रमुख विर्मला देवि बुढथापा,साँफेबगर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता मक्कर बहादुर कुँवर ,नेपाली कांग्रेसका जिल्ला कमिटि सदस्य सुरत बहादुर कुँवर ,नेकपा एमाले सुदुरश्चिम प्रदेश लेखा समितिका सदस्य तथा पुर्व वडा अध्यक्ष बालगिरी कुँवर ,गैरसहकारी महासघं जिल्ला शाखा अछामका उपाध्यक्ष ढकेन्द्र कुँवर, नेफ्स्कुनका धर्मराज जोशी ,नेपाल पत्रकार महासघं अछामका उपाध्यक्ष गिता कुँवर लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया