Advertisement
SKIP THIS
बैधनाथ कोटीहोममा आठौं दिन सम्म १ करोड ३८ लाख नगद संकलन

निराकरण खबर अछाम:अछामको बैधनाथ धाममा सञ्चालन भईरहेको कोटीहोममा फाल्गुन १७ गतेसम्म १ करोड ३८ लाख नगद संकलन भएको छ।

यहीँ फाल्गुन १० गते राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गरेको कोटिहोम महायज्ञमा आठौं दिन सम्म खर्च भने ७० लाख भएको कोटीहोम मूल आयोजक समिति उपाध्यक्ष कुल बहादुर कुँवरले बताए ।

कुँवरका अनुसार १६ गतेको सम्मको बचत ५६ लाख कृषि र नेपाल बैंकमा सिधै विभिन्न ठाउबाट जम्मा भएको ६ लाख ७१ हजार , कोटिहोम स्थलमा उठेको नगद ५ लाख ८२ हजार सहित कुल ६८ लाख रहेको हो।

अछाम सहित विभिन्न पालिकाहरुले बैधनाथ कोटीहोमलाई दिने निर्णय अनुसारको ३७ लाख आउन बाकी रहेको कुवरले बताए ।फाल्गुन १० गतेबाट सुरु भएको कोटीहोम महायज्ञ महाशिवरात्रिका दिन सम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया