Advertisement
SKIP THIS
बान्नीगढीमा १ हजार ३ सय ३५ बालबालिकालाई दादुरा रुबेला बिरुद्धको खोप लगाउने लक्ष्य

निराकरण खबर अछाम:बान्नीगढी जयगढ गाउँपालिकामा १ हजार ३ सय ३५ बालबालिकालाई दादुरा रुबेला बिरुद्धको खोप लगाइने भएको छ। ६ वटै वडाका ९ महिना देखि ५९ महिना सम्मका हजार ३ सय ३५ बालबालिकालाई दादुरा रुबेला बिरुद्धको खोप लगाउने लक्ष्य रहेको बान्नीगढी जयगढ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भुवन साउदले बताए ।
फाल्गुन १३ गते देखि १६ गतेसम्म १ देखि ६ वडाका बालबालिकालाई खोप लगाईने,खोप लगाउनका लागि १९ वटा खोप केन्द्र निर्धारण गरिएको शाखा प्रमुख साउदले बताए ।

वडा नं १ गाज्रामा २ खोप केन्द्र, १ सय १४ बालबालिका वडा नं २ जनालिकोटमा ३ खोप केन्द्र निर्धारण गरिएका १ सय ४१ बालबालिकालाई खोप लगाउने लक्ष्य, वडा नं ३ बरदादेविमा ४ खोप केन्द्र र ९ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको वडा नं ४ तिमिल्सैनमा २ खोप केन्द्रबाट १ सय ५१ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको,वडा नं ५ कालिकामा ३ खोप केन्द्रबाट २ सय १४ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको र वडा नं ६ दर्नामा सबैभन्दा बढी ५ खोप केन्द्र निर्धारण गरि ३ सय २२ बालबालिकालाई खोप लगाउने लक्ष्य लिईएको स्वास्थ शाखा प्रमुख भुवन साउदले बताए ।

तपाईको प्रतिक्रिया