Advertisement
SKIP THIS
बैधनाथ शिव भगवानले कैलास पर्वत भन्दा प्यारो मानेको क्षेत्र हो,राष्ट्रपति पौडेल

अछाम : राष्टपति रामचन्द्र पौडेलले सुदूरपश्चिम पुण्य भुमी समेत भएको बताएका हुन् । मंगलबार अछामको बैधनाथमा कोटिहोमको उद्घाटनमा पुगेका राष्टपति पौडेलले बैद्यनाथ धामलाई पर्यटकको आर्कषणको केन्द्र तथा महत्वपूर्ण गन्तव्यको रुपमा विकास गर्न तिनै तहका सरकारले बिस्तृत अध्ययन गरी गुरुयोजना बनाई काम गर्नुपर्ने बताए ।

पौराणिक गन्थहरुमा बैधनाथ क्षेत्रको बारेमा अत्यन्त सुन्दर ढंगले बर्णन गरिएको । शिवजी कैलाश भन्दा पनि बढी बैधनाथ क्षेत्रलाई प्यारो मानेका ग्रन्थहरमा उल्लेख गरिएको राष्ट्रपति पौडेलले बताए ।

सुदूरपश्चिम ऋषिमुनिहरुले तपश्या गर्ने तपोभुमी भएको भन्दै राष्टपति पौडेलले यस क्षेत्रमा बढीमालिका सहित थुप्रै देवि देवताका मन्दिरले भरिभराउ भएको उल्लेख गरे । नेपालका चार धाम मध्येको एक ऐतिहासिक धार्मिक, सांस्कृती तथा पर्यटकिय दृष्टीकोणले महत्वपूर्ण बैद्यनाथ धाममा उभिन पाउदाँ आनन्दको अनुभुती भएको राष्टपति पौडेलले बताए ।

पौराणिक गन्थ्रमा बैद्यनाथ क्षेत्रको महत्वलाई सुन्दर ढंगले बर्णन गरिएको भन्दै राष्टपति पौडेलले श्री बैद्यनाथ धाम कोटीहोमले लिएको सबै उद्देश्य पुरा हुने बिश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया