Advertisement
SKIP THIS
तिलाकर्णाली स्थापनाको १२ वर्ष पूरा-प्रदेशकै उत्कृष्ट सहकारीको पुरस्कार

सुखड:वि.सं. २०६८ फागुन ९ गते मात्र २८ जना शेर सदस्यहरुबाट सुरुवात भएको कैलालीको घोडाघोडी नगरपालिका–२, मा अवस्थित तिलाकर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुधबार पहिलो पटक आफ्नो १२ औं स्थापना दिवस मनाएको छ ।

२ लाख ८२ हजार पुँजीबाट सुरुभएको सहकारीमा हाल दुई हजार २ सय जना शेयर सदस्य संस्थामा अवद्ध छन् । भने, ५ हजार छ सय जना सदस्य रहेका छन् । जसको चुक्ता पुँजी १३ करोड ९४ लाख भन्दा बढी छ ।
सहकारीको आर्थिक वर्ष ०७९/०८० को आर्थिक कारोबारको प्रतिवेदन हेर्ने हो भने, ११ करोड ७३ लाख २१ हजार ५ सय ८१ रुपैयाँ ७६ पैसाको कारोबार गरिरहदा एक करोड ७० लाख ९३ हजार दुई सय चार रुपैया ४३ पैसा आम्दानी गरेको देखिन्छ । सो वर्ष सहकारीले १९ लाख नौं सय ७९ रुपैयाँ सात पैसा खुद नाफा गर्न सफल भएको थियो ।

सहकारीको विगतको स्मरण र वर्तमानलाई चित्रण गर्दै, तिलाकर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक लाल बहादुर भण्डारी यसो भन्छन् । “समय र उपलब्धिलाई गर्ने हो भने, संस्थाले प्राप्त गरेको सफलता निकै राम्रो हो । अहिले संस्थाले आफ्नो दैनिक बचत,बाल बचत,ऐच्छिक बचत,आवधिक बचत,सदस्य सुरक्षण र सुपर सेभिङ लगाएतका शिर्षकमा सदस्यहरुबाट बचत उठाइ रहेको छ । शेर सदस्यहरुलाई आय आर्जनका कार्यहरुमा जोड्दै मात्र लगिरहेका छैनौं । कम्जोर आर्थिक अवस्था भएका सदस्यहरुको जीवन स्तर उकास्न बेलाबखतमा विभिन्न आयआर्जनका कार्यक्रम समेत संचालन गरिरहेका छौं ।” जिम्मेवारीबाट पन्छिने तर आलोचना गर्दा भने, अगाडि सरिक हुने प्रवृत्तिले कुनै पनि क्षेत्र अगाडि बढ्न नसक्ने तर्क राख्दै, संस्थाका सबै सदस्यहरूले आआफ्नो क्षेत्रबाट अपनत्व ग्रहण गरेर सहकारीलाई अगाडि बढाउन भूमिका खेल्नु पर्ने सहकारीका व्यवस्थापक भण्डारी बताउन्छन् ।
तिलाकर्णाली बचत तथा ऋण सहकारी संस्थाले मोबाइल बैंकिङ एप समेत सञ्चालनमा ल्याएको छ । जसको प्रयोग संस्थाका तिन सय ५० जना बढी सदस्यहरूले गर्दै आइरहेका छन् ।

घोडाघोडी नगरपालिका अन्तर्गतको वडा नम्बर १० र ७ मा एकएक वटा शाखा र कैलालीको गौरीगंगामा एक गरी सहकारीले तिन वटा शाखाबाट सेवा प्रदान गरिरहेको छ ।

सहकारी आवद्ध दलित, सिमान्तकृत वर्ग, अपाङ्ग र लोपोन्मुख जातिका परिवारका लागी सहकारीले ३४ पैसा मासिक ब्याजदर हुने गरी घुम्ती कोष कर्जा समेत संचालनमा ल्याएको छ । अझ घोडाघोडी क्षेत्रमा पर्सस्त मात्रामा रहेका तालतलैया, वन जङ्गल र सिमसार आसपास बसोबास गर्दै आइरहेका सहकारीका सदस्यहरुको हकमा समेत सस्तो दरमा विशेष कर्जा प्रवाह गरेको छ । यसरी प्रवाह भएको कर्जाबाट पशुपालन तथा मत्स्यपालन गरेर सहकारीका सदस्यहरुले आफ्नो जीवनस्तर उकास्न सफल भएको घोडाघोडी नगरपालिका-१०, बस्ने औंशीला बुढा बताउन्छिन ।

पछिल्लो समय केहि सहकारीका संचालकहरुले बदमासी तथा आर्थिक हिनामिना गरेका समाचार आइरहेको सुनाउदै, सो सहकारीका संस्थापक अध्यक्ष रण बहादुर भण्डराले भने, आफुहरुको सहकारीमा त्यस्तो कुनै समस्या नरहेकाले ढुक्क रहन शेयर सदस्यहरूलाई अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया