Advertisement
SKIP THIS
अछाममा २३ हजार बढी बालबालिकालाई दादुरा रुबेला बिरुद्धको खोप लगाईदै

निराकरण खबर अछाम:अछाममा यहि १३ गते देखि दादुरा रुबेल बिरुद्धको खोप अभीयानकै रुपमा सञ्चालन हुन लागेको छ । पञ्चदेवल बिनायक नगरपालिका १४ गते देखि र अन्य नौं वटा स्थानीय तहमा १३ गतेदेखि खोप अभियान सञ्चालन हुनेछ।

खोप अभियान भुगोल र जनसंख्याका आधारमा २ देखि ६ दिन सम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय अछामले जनाएको छ।अछाम जिल्लाका १० ओटै स्थानिय तहका ९ महिना देखि ५९ महिना सम्मका २३ हजार ३ सय ९ बालवालीकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले बताए ।

दादुरा रुबेलको खोप सञ्चालनका लागि जिल्लाभर ३ सय ४९ खोप केन्द्र निर्धारण गरिएको खोप अभियान सहज रुपमा सञ्चालनका लागि ६ सय ९८ स्वयम सेवक परिचालन गरिने,प्रति खोप केन्द्र २ सेवक परिचालन गरिने छन ।

खोप अभियान सफल पार्न स्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीहरु र खोप अभियान बारे स्वास्थ्यकर्मी र सरोकारवालाहरु सँग अभिमुखिकरण गोष्ठी समेत सम्पन्न गरिसकेको छ।

खोप लगाउन सरकारले अभियानकै रूपमा लिएको यश अभियानलाई सफल पार्न सबैले आ आफ्नो ठाउँबाट सहयोग गरिदिन स्वास्थ्य कार्यालय अछामका बरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले बताए ।सरकारले सन २०१९ मै नेपालबाट दादुरा रुबेला उन्मुलन गर्ने लक्ष्य लिएपनि खोप लगाउन बालबालिका छुट्ने उनिहरुबाट पुनः अरुमा सर्ने गरेका कारण हालसम्म उन्मुलन हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया