Advertisement
SKIP THIS
खोप लगाउन अपरिहार्य छ: प्रमुख कुँवर

निराकरण खबर अछाम:जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवरले बाल मृत्युदर घटाउन खोप अनिवार्य रहेको भनेर पुष्टि भईसकेको बताए ।

मंगलबार जिल्ला स्तरिय, दादुरा रुबेला खोप अभियान तथा नियमित खोप सुदृढीकरण सम्वन्धि अभिमुखिकरण र योजना गोष्ठीको सुभारम्भ गर्दै प्रमुख कुँवरले रोजगारीका लागि भारत र बसाइँसराइ सरि जाने गरेका कारण खोप लगाउन बालबालिका छुट्ने गरेका पुनः अछाम आएपछि रोग फैलाउन सक्ने भएकाले सबै अभिभावकले आफ्ना बच्चालाई खोप लगाउन अपरिहार्य रहेको बताए ।

स्वास्थ्य क्षेत्रमा त्यो पनि अछाम जस्तो बिकट क्षेत्रमा राज्यले थप लगानी गर्नुपर्ने तर सरकारहरु नै लाचार बन्दै गएका,संघ र प्रदेशहरुले कानुनहरु नबनाएका कारण समस्या भएको प्रमुख कुुवरले बताए ।अछामको स्वास्थ क्षेत्रमा स्वास्थ कार्यलयले महत्त्वपूर्ण भुमिका खेलेको कारण अछाम स्वास्थ क्षेत्रमा महत्त्वपूर्ण काम भएको प्रमुख कुँवरले बताए ।

स्वास्थ कार्यालय प्रमुख झनक ढुगानाले अछाममा अभियानका रुपमा दादुरा,रुबेला खोप सञ्चालन गर्नका लागिएको यसैका लागि जिल्लाका १० वटै स्थानीय तहका स्वास्थ्यकर्मीहरु सँग गोष्ठीको आयोजना गरिएको बताए । अछाम जिल्लामा खोप लगाउने बालबालिका छुटेका उनिहरुका कारण समुदाय संक्रमण न फैलोस भनेर खोप अभियानकै रुपमा सञ्चालन गर्न लागिएको प्रमुख ढुंगानाले बताए ।

खोपका लगाएका कारण बाल मृत्युदर घटेको,पहिले खोप लगाउने स्वास्थ्यकर्मी गालि खाने अवस्था रहेको अहिले खोप नलगाउने स्वास्थ्यकर्मी गालि खाने अवस्था रहेको यहि नै मुख्य उपलब्धि प्रमुख ढुंगानाले बताए ।

यस्तै कार्यक्रम बोल्दै अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बालबालिकालाई नियमित खोप अपरिहार्य भएको बताए। बालबालिका भोलिका कर्णदार भएकाले निरोगी भएमात्र देश निर्माणमा महत्त्वपूर्ण भुमिका रहने निर्वाह गर्न सक्ने बताए । रोग लाग्नु भन्दा नलागनु बेश भनेझै निरोगी रहन खानपिन विशेष जोड दिनुपर्ने र जिवनदशैलि परिवर्तन गर्नेपर्ने यसो गरेमात्र राज्यले लिएको दिगो बिकाश लक्ष्यमा टेवा पुग्ने प्रजिअ पोखरेल बताए ।

तपाईको प्रतिक्रिया